७० कटेका नागरिकको वृद्धभत्ता नबढने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ– १५, सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको  छ ।  तर ,७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य वीमा सरकारले गरिदिने बताइएको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको हो ।

सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार ०७५ र ०७६ को बजेट संसदमा पेश गर्दै सरकारको तर्फबाट वीमा रकम वेहोर्ने घोषणा गरेको हो । यो भन्दा अगाडि जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन ।

नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या झण्डै २५ लाख छ । जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४ र ७५ को आर्थिक सर्वेक्षणले देखाएको थियो । ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्