अहिलेको सरकारमाथि जनताको भरोसा:प्रधानमन्त्री ओली
काठमाण्डौँ । जेठ–१६,जनताले अहिलेको सरकारमाथि अन्तिम भरोसा गरेको छ । जनताको यो आशालाई तलमाथि पर्न नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताएका छन् । उनले कार्यक्रममा बोल्दै शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ । उनले बालबालीकाहरुको पढाइको लागि शिक्षकले धेरै चासो दिनुपर्ने आग्रह गरेका छन ।प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताए ।