बजेट सम्बन्धमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिने

सहयात्रा टिभी

काठमाण्डौं । असार–१२, आर्थिक वर्ष २०७५।२०७६ को बजेट सम्बन्धमा मन्त्रालयगत रुपमा हुने छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले दिने भएका छन् ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले धारणा राख्ने र आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रावधान अनुसार आजबाट सुरु भएको हो ।

आजबाट सुरु यस कार्यक्रममा आज सातजना मन्त्रीहरुले जवाफ दिने भएका छन् । आज संघीय संसद् सचिवालयका अनुसार सञ्चार, खानेपानी, कृषि, कानून, पर्यटन, युवा तथा खेलकुद र महिला बालिकालिका मन्त्रीले आफ्ना मन्त्रालयको बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

सांसदहरुको बजेटमाथिको प्रश्नहरुको मन्त्रीले जवाफ दिने कार्य आजबाट १४ गतेसम्म चल्नेछ ।

प्रकाशित : 26 June, 2018

प्रतिक्रिया दिनुहोस्