दैनिक कति नुन सेवन गर्ने ? जानिराख्नुस्

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२५, सामान्यतया हामी खानालाई स्वादिलो बनाउन आफ्नो स्वाद अनुसारको नुनको प्रयोग गर्छौ । कसैलाई नुन बढि भएको खाना स्वादिलो लाग्छ भने कसैलाई नुन कम भएको खाना स्वादिलो लाग्न सक्छ । अनि सबै मानिसहरुले आफुलाई स्वादमा चाहिने जति नुनको मात्रा प्रयोग गर्छन् । तर हाम्रो शरिरमा नुनको मात्र ठिक्क मात्र हुनुपर्छ ।

नुन बढि वा कम हुनु राम्रो मानिन्दैन् । तर कति नुन सेवन गर्नु चाँहि ठिक हुन्छ भन्ने कुरा भने सबैले जान्नु आवश्यक हुन्छ् ।

शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राख्नको लागि नुनको आवश्यकता पर्छ । नुन धेरै खाएपछि पानी पनि धेरै खान मन लाग्छ । शरीरमा पानीको मात्रा धेरै हुनेबित्तिकै वाटर रिटेन्सनको समस्या हुन्छ । साथै मोटोपनको समस्या पनि हुनजान्छ ।

यसका साथै शरीरमा नुनको मात्रा कमि भएमा पनि डायरियाको समस्या हुनसक्ने सम्भावना छ । नुनको कमी हुनाले मांसपेशिमा थकाई र डिहाइड्रेसन (शरीरमा पानीको कमी)को समस्या हुनसक्छ ।
एक ब्यक्तिको लागि दैनिक ५ देखि ६ ग्राम नुन खानु फाईदाजनक हुन्छ । यति नुन खानाले सोडियमको मात्रा शरीरमा भईरहन्छ र उच्च रक्तचापको समस्याबाट पनि मुक्ति पाईन्छ ।

यदि आफ्नो खानामा नुनको मात्रा कम गर्न चाहानुहुन्छ भने बट्टामा बन्द गरेर राखिएका खानुकुराहरु नखानुस् । खानैपरे पनि पहिले नुन नराखी बनाउनुहोस् र पछि नुन राखेर खानुहोस् । सेतो नुनको साथमा प्राकृतिक नुन प्रयोग गर्नु स्वास्थको लागि लाभदायी हुन्छ ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्