छठसम्म संविधान संशोधन नभए देशव्यापी आन्दोलन गर्ने महासचिव झाको चेतावनी

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले छठसम्म संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर देशव्यापी आन्दोलनमा जाने बताएको छ।

यसका लागि सांगठनिक गतिविधि बढाइएको राजपाका महासचिव केशव झाले बताए। ‘हामीले अन्तिम पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्दा तिहारपछि हाम्रो माग सम्बोधन हुने बताउनुभएको थियो। तर अहिलेसम्म केही छाँटकाँट छैन,’ महासचिव झाले भने, ‘संविधान संशोधन गर्नका लागि छठपछि पनि १० दिनको समय थपेका छौं। थपिएको समयमा पनि संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं।’

राजपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई एवं सपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा फिर्ता लगायतका माग सम्बोधन हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्