विप्लवले मंसिर ८ गते काठमाण्डौंमा जनसभा गर्ने
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१४, नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले काठमाण्डौंमा जनसभा गर्ने भएको छ। मंसिर ८ गते हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने भनिएको छ।
सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग वार्ता गर्न अस्वीकार गरेका विप्लवले जनसभाबाटै आफ्ना मागहरु राख्ने जनाइएको छ।
नेकपा स्रोतका अनुसार जनसभाका लागि पार्टीको तयारी बैठक भारतमा हुँदैछ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा भइरहेको बैठकमा पार्टीका नेताहरु सहभागी भएका छन्।