मेलम्ची आयोजनाका गाडीहरू फिर्ता ल्याउन खानेपानी मन्त्री मगरको निर्देशन
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१४, अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्।
मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन्।
मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरु मध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन्।
खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाइन्।