भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त

सहयात्रा टिभी

हेटौँडा । कात्तिक–१६, प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र स्थापितविच विवाद भएपछि पौडेलले स्थापितलाई मन्त्रीपदबाट हटाएका हुन् ।

बुधबारको बैठकमा पौडेल र स्थापितविच निकै ठूलो चर्काचर्कि परेको थियो । स्थापितको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच भएको चर्काचर्किले स्थापितको पद नै खोसिएको हो ।

विवादपछि नै पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका थिए ।  स्थापितलाई मन्त्री पदबाट हटाइएपछि भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने बताइएको छ ।

प्रकाशित : 2 November, 2018

प्रतिक्रिया दिनुहोस्