प्रदेश २ का सांसदलाई ल्यापटप दिइने
सहयात्रा टिभी
जनकपुर । कात्तिक–१८, प्रदेशसभा सचिवालयले प्रदेश २ का सांसदलाई ल्यापटप दिने भएको छ। सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटप १ सय ७ जना सांसदलाई उपलब्ध गराउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ ।
आजको अन्नपुर्ण पोष्टका अनुसार यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको भार पर्नेछ।
सचिवालयसँग कार्यालय प्रयोजनका लागि विद्युतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकाले ल्यापटप खरिद प्रक्रिया अघि बढाइने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन्। सांसदलाई ल्यापटप दिएपछि प्रदेशसभा कागजविहीन बन्नेछ। यसबाट प्रदेशसभाको कामकाज छिटो छरितो हुने सचिवालयको अपेक्षा छ ।