वरिष्ठ वामपन्थी नेता तुलाधरको निधन

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१८, पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा तुलाधरको निधन भएको हो ।

उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो।

उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो।

तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए।

पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।

प्रकाशित : 4 November, 2018

प्रतिक्रिया दिनुहोस्