प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–२६, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा पूर्वसांसद् डा.राजन भट्टराई नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
औपचारिक रुपमा निर्णय भने सार्वजनिक भएको छैन। नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराई यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा समेत परराष्ट्र सल्लाहकार बनेका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्टराई काठमाण्डौँ ४ बाट पराजित भएका थिए। २०७० को संविधानसभामा उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद् बनेका थिए।