संयुक्त राष्ट्रसंघकी नायव महासचिव र राष्ट्रपति भण्डारीविच भेट

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–३०, संयुक्त राष्ट्र संघकी नायव महासचिव अमिना जे महोम्मदले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास पुगेर नायव महासचिव अमिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटका क्रममा राष्ट्रसंघको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रमहरु र नेपाल र संयुक्त राष्ट्र संघबीच आपसी सहयोग वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

शिष्टाचार भेटमा राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : 16 November, 2018

प्रतिक्रिया दिनुहोस्