नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बस्ने
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक श्रोतले बताएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।
बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । आज बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने अनुमान गरिएको छ ।