=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२४, ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन ( मंसिर २४ गते) मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास बालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल लगायत २५ जना पक्राउ परेका छन् ।पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

२०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पश्चात हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता ठहर गर्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनमा पिडितलाई न्याय पिडकलाई सजाय, महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर लगायतका पम्प्लेटहरु प्रदर्शन गरिएका थिए ।

प्रकाशित : 10 December, 2018

प्रतिक्रिया दिनुहोस्