=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


राजनैतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : विकासमन्त्री पुन

सहयात्रा टिभी

पोखरा । पुष–१, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचौँ अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राखिन।

अर्का सदस्य राजीव पहारीले महिला हकअधिकारसँगै उनीहरुले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिँदै पीडित महिलाको सहयोगार्थ सञ्चारिका समूहले कोषको स्थापना गर्नुपर्ने बताए ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठ लगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता अपरिहार्य रहेको बताए। रासस

प्रकाशित : 16 December, 2018

प्रतिक्रिया दिनुहोस्