पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन
सहयात्रा टिभी
काठमाण्डौँ । पुष–३, पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान निधन भएको छ । कलेजोको उपचार गराइरहेका गिरीको आज विहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको हो ,
पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिइन । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए।
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन । उनका श्रीमती, दुई छोरा र चार छोरी छन ।