नेपाली कांग्रेसको महासमितिको बैठक तनावग्रस्त, हात समेत हालाहाल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३, नेपाली कांग्रेसको महासमितिको बैठक तनावग्रस्त भएको छ। महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफल नगर्ने भनेपछि तनाव सिर्जना भएको हो।

बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा छलफल हुन नसक्ने बताउँदै गर्दा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले उनको माइक खोसेका थिए।

माइक खोसेपछि केही महासमिति सदस्यहरुले प्रकाशशरण महतलाई धकेलेका थिए। बैठकमा तनाव भएको भन्दै जगदीशश्व नरसिंह केसीले भने ‘‘प्रकाशशरण महतले मेरो माइक खोस्नु भयो। विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएर नआएसम्म महासमिति बैठक चल्न दिँदैनौं।’

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्