पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने

सुर्खेत । पुष–१०, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताएका छन् ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति ९रासस० कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन निर्माण गरिने बताए ।

“पत्रकारितामा धतुरो छर्ने तर बास्मती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार वा काममा लाग्नुपर्छ”, उनले भने। कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन तथा यहाँको समृद्धिका लागि सञ्चारमाध्यम लागिपर्नुपर्ने आवश्यक रहेको शाहीले बताए ।

प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका पत्रकार गरी ४४ जना सहभागी थिए । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *