हरेक वर्षको समस्या उस्तै, मल र बिउ नपाएर किसान हैरान
सहयात्रा टिभी
काठमाडौं। असार–०९, मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बिउ नपाएका किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बिउ अभावको समस्या समाधान गर्न माग गरेका हुन् ।