चिनियाँ उच्चस्तरीय टोली र प्रचण्डबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । पुस १३, सत्तारुढ नेकपा विवाद र त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर काठमाडौं आएको चिनियाँ उच्चस्तरीय टोली राजनीतिक भेटवार्ता व्यस्त भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ।

हिजो आएको टोलीले हिजै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।

प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ। त्यस्तै वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेट्ने कार्यतालिका रहेको छ।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : 28 December, 2020

प्रतिक्रिया दिनुहोस्