ओली सरकारविरुद्ध शसक्त प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । पुस २०, नेपाल तरुण दलले ओली सरकार विरुद्ध पार्टीले राखेको विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन मातहतका संगठनलाई दिर्नेशन दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका लागि सबै ७७ वटै जिल्लालाई शसक्त प्रर्दशनको लागी निर्देशन दिएको हो ।

अध्यक्ष जितजंग बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न निर्देशन गर्दछ ।’

प्रकाशित : 4 January, 2021

प्रतिक्रिया दिनुहोस्