प्रधानमन्त्रीको संसद विघटनको कदम अग्रगामीः खानेपानी मन्त्री थापा

सहयात्रा टिभी

काठमाडौं । पुस २१, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र चुनाव घोषणा देशलाई पुनः स्थायित्व दिने प्रयास भएको खानेपानी मन्त्री मणिचन्द्र थापाले जनाएका छन्।देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनमाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए।

‘हामी मात्र होइन जनतामाझ चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीति शास्त्रको सिद्धान्त अनुसार सरकार वा प्रणाली संकटमा पर्‍यो भने जनतामाझ जानुपर्छ, अहिले हाम्रो सरकारले बढाएको कदम अग्रगामी छ।’

प्रधामन्त्रीले गरेको असंवैधानिक विघटनपछि विभाजनको बाटोमा हिँडेको नेकपाको विषयमा मन्त्री थापाले पार्टी विभाजन नहुने दाबी गरेका छन्। आगामी निर्वाचनमा अहिलेका अलग–अलग समूह एकतामा जाने दाबी उनले गरे।

‘हाम्रो पार्टी विधिवित रूपमा फुटेको छैन, आगामी निर्वाचनमा हामी एक भएर जनतामाझ जान्छौं,’ मन्त्री थापाले भने।ओली समूहले अहिले नेता तथा कार्यकर्ताहरूलाई प्रदेशमा दिइएको जिम्मेवारी अनौपचारिक भएको बताए।ओली समूहमा कर्णाली प्रदेशको इञ्चार्जको समेत जिम्मेवारी पाएका मन्त्री थापाले आफ्नै भूमिका समेत अमूर्त रहेको बताए।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्