नेकपालाई सात दिनभित्र आधिकारिकता दाबी गर्नु भन्दै निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । पुस २४, निर्वाचन आयोगले बिहीबार नेकपाको प्रचण्ड–नेपाल र ओली समूहलाई आधिकारिकता दाबी गर्न सात दिनको म्याद दिँदै पत्र पठाएको छ ।

स्थायी कमिटीका सदस्य लिलामणि पोखरेलले आयोगबाट नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरुको व्यहोरा समावेश गरेर पत्र आएको जानकारी दिएका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न एक साताअघि नै पत्र पठाएको थियो । तर, दुवै पक्षले आफू नै वैधानिक भएको भन्दै आधिकारिकता दाबी गरेको छैन । जसकारण प्रक्रिया अघि बढाउनको लागी अलमल भएको आयोगले बताउँदै आएको छ ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्