पार्टी एकतालाई जोगाउन पुनर्एकीकरणको अवस्थामा फर्कन नेताहरुलाई वामदेवको अपिल
सहयात्रा टिभी
काठमाडौं । पुस २५, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई जोगाउन नेताहरुलाई पुनर्एकीकरणको अवस्थामा फर्कन अपिल गरेका छन् ।
पार्टीको एकता जोगाउन वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफू दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर अगाडि खडा भएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले पार्टीलाई मिलेर पुनर्गठन गर्न आग्रह गरेका छन् ।

पार्टी एकतामा जोड दिँदै गौतमले आज जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘एक अर्कालाई दोस दिँदै‚ सामान्य मान मर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरुलाई हसाउँदै सुरु गर्नुभएको लडाई बन्द गनुहोस् र फर्कनुहोस‚ पुनर्मिलन गर्नुहोस् र हजारौं शहीदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं‚ ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।’
विज्ञप्तिमा उहाँले पार्टी विभाजनउन्मुख हुनु नेताहरूको अयोग्यता कारक भएको पनि उल्लेख गरेका छन् ।
नेता, कार्यकताहरुलाई गौतमले भनेका छन्, ‘नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस् ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’
पार्टीभित्रको विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरी आगामी वैशाखमा चुनाव घोषणा गरेका छन् । यसलगत्तै अध्यक्ष ओलीको पक्षमा एक समूह र कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा अर्को समूह गरी नेकपा दुई समूहमा विभक्त भए�
