प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई आजपनि

सहयात्रा टिभी

काठमाडौं । माघ ०६, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ आज पनि जारी हुँदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी भइरहेको छ ।

रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेको सर्वोच्च प्रशासनले बताएको छ ।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्