नेकपा ओली पक्षको संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओली पक्षका सांसदको बैठक बालुवाटारमा बस्ने छ ।

शुक्रबार प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् । भैँसेपाटीस्थित गौतम निवास पुग्नु भएका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् ।

नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् ।

नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सस्दय छन् ।

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्