राष्ट्रपतिले प्रमुख दलका नेताहरूसँग आज छलफल गर्दै
सहयात्रा टिभी
काठमाडौँ । चैत ३, राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन् ।
राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि बोलाएको उनका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितबारे छलफल हुने बताइएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
संसद पुन:स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ । यसैबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि सोही विषयमा राष्ट्रपति सक्रिय भएको विश्लेषण भइरहेको छ ।