कांग्रेसको सत्ता समिकरणका लागि आज तीन दलको बैंठक
सहयात्रा टिभी
काठमाडौं । चैत्र २७, नेपाली कांग्रेसको संयोजनमा नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैंठक बस्ने नेपाली काग्रेसले जनाएको छ ।
निकै लामो समयदेखि मौन बसेका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा विहीबारदेखि भने सक्रिय देखिएका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह समेत गर्दै आइरहेका थिए ।
सत्ता समिकरणमा महत्वपूर्व दल बनेको जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्।