राष्ट्रपतिद्धारा ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्दै
काठमाडौं । चैत्र २७, राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नुहुने छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उक्त विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजे सुरु हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्न लाग्नु भएको हो ।
महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका सयौँ व्यक्तिलाई प्रदान गर्न लागिएको बताईएको छ ।
सरकारद्धारा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा।डा।मीना वैद्य मल्ल, प्रा.डा. ईन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोद कुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो ।