लुम्बिनी प्रदेशबाट दुई मन्त्रीको राजीनामा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नको लागि प्रदेशसभा सदस्यहरु प्रदेशसभामा जाँदै गर्दा माओवादीका मन्त्रीहरु भने राजीनामा बुझाउन लागि मुख्यमन्त्रीको कार्यलयमा पुगेका थिए ।

केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

 

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्