आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्कालका लागि लकडाउन नहुने बताएका छन् । लकडाउन मात्रै कोरोना संक्रमण रोक्ने अन्तिम उपाय नभएको उनले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठकपश्चात आईतबार पत्रकारहरुसँग कुरा गर्दै तत्काल देशभर लकडाउन नगर्ने तर आंशिक लकडाउन हुनसक्ने संकेत गरेका हुन् । उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।

भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना बमोजिम तत्कालका लागि लकडाउन नगर्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्