आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । बैशाख १९, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले बताए ।
आज हुन गईरहेको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताईएको छ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।