फेरि पनि ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी
सहयात्रा टिभी
काठमाडौं । बैशाख २८, नेकपा एमालेका नेता शंकर पोखरेलले फेरि पनि केपी ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जामा लेखेका छन्,‘संसदले धारा ७६(२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६(३)अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ उनले भनेका छन् । ’नेता पोखरेलले संसदले धारा ७६(२)अनुसार बनेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका कारण धारा ७३ (३)अन्तर्गत उही प्रधामन्त्रीलाई खोज्नु पर्ने बाध्यता रहेको बताएका हुन्।
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री पदबाट बर्खात भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।