नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्रोतले बताएको छ ।

‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ । सरकार संसदबाट भाग्न खोजेका देखिएको छ । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको छैन । यस विषयमा छलफल हुन्छ,’ काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने ।

सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। तर, हालसम्म संसद अधिवेशन नै बोलाएको छैन ​। बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ।

बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।

 

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्