मुख्यमन्त्री भट्ट कोरोना मुक्त
सहयात्रा टिभी
काठमाडौं । जेठ ६, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।
त्यस्तै सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए।