सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

काठमाडौं । असार २७, आइतबार बिहान नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक आज पनि सिंहदरबारको अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको छ।
बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले उनीसँग कोटेश्वरमा छलफल गरेका थिए। दुबै पक्षका कार्यदल सदस्यले आज निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन्।
कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू सहमतिका आधारमा हुनुपर्ने लगायत कुरालाई बटम लाइन बनाएका छन्।