संसद विघटन मुद्दा : संवैधानिक इजलास बस्दै, आजै फैसला आउने सम्भावना
सहयात्रा टिभी
काठमाडौँ । असार २८, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै आएको संवैधानिक इजलास आज बस्दै छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको राय लगायतका प्रक्रिया यही असार २१ गते सकिएको थियो । सबै प्रक्रिया सकिएकाले आजै फैसला आउन सक्ने सम्भावना छ ।
पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको पेशी आज तोकिएको हो ।
प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।