प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा महन्थ ठाकुर

काठमाडौं । साउन ६, बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्।
त्यस्तै जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ। ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ।