निकै समय चुप बसेकी भारतीय चेली सरिता गिरी बल्ल बोलिन

सहयात्रा टिभी

काठमाडौं । साउन १०, प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी भारतीय चेली सरिता गिरीले भारतबाटै ठूलो घोषणा गरेकी छन् । आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।’

त्यस्तै स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभए सबैको विकास हुन नसक्ने उनले बताएकी छन् ।

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई नयाँ नक्सालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने क्रममा पार्टीको ह्वीप मानेकी थिइनन् ।

ह्वीप नमानेपछि पार्टीको निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

 

 

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्