एमालेको केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । साउन २४, आज आइतबारका लागि बोलाइएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक एक दिन पछि सरेको छ ।

त्यस्तै बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

 

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्