म्याद गुज्रेका कांग्रेसका भ्रातृ संघ–संस्थाको म्याद छ महिना थप
सहयात्रा टिभी
काठमाडौँ । साउन ३१, नेपाली कांग्रेसले म्याद गुज्रेका भ्रातृ संघ–संस्थाहरुको म्याद थपेको छ । काग्रेसले नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको हो ।
म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको छ ।।