आज बागमती प्रदेशसभाको बैठक (कार्यसूची सहित)

सहयात्रा टिभी

काठमाडौं । भाद्र १, बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ ।

फाइल तस्वीर

३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले बताएको छ ।

गत असार २८ गते प्रदेशसभा बैठक स्थगित गरिएको थियो । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।

लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको प्रदेशसभा बैठकको सूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनको प्रस्ताव संसद्मा पेस गर्नु अघि सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नुपर्ने माग गरेका छन् । भदौ २ गतेको बैठकको सुरुवातमा विशेष समयको व्यवस्था गरिएको प्रवक्ता अमात्यले बताए ।

 

 

प्रकाशित : 17 August, 2021

प्रतिक्रिया दिनुहोस्