माधवकुमार नेपाल नयाँ दल दर्ताको तयारीमा

काठमाडौं । भदौ २, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबारनै नयाँ दल दर्ताको तयारी भइरहेको बताएका छन्।
काठमाडौंको होटल अर्यालमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले बुधबारनै नयाँ दल दर्ताको तयारी गरिएको बताएका हुन्। हाल नेता नेपाल भने केही समयका लागि बैठकस्थलबाट बाहिरिएका छन्।
उक्त समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबार नै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो। एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको बताईएको छ ।