कांग्रेसले सरकार चलाउन नसक्ने अध्यक्ष जबराको दाबी
सहयात्रा टिभी
काठमाडौं । भदौ ४, नेपाली कांग्रेसले खासै सरकार चलाउन सक्दैन भनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले जनाए ।
त्यस्तै काठमाडौंमा आयोजना गरीएको एक कार्यक्रममा आफ्नो तर्क राख्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे ।
त्यसैगरी ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै जबराले कांग्रेसले तीन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गर्नुभयो ।
जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । अध्यक्ष जबराले आफूहरूले मुलुकलाई सुशासन दिने पनि उल्लेख गर्नुभयो ।