एमसीसीले गठबन्धन नटुट्ने अध्यक्ष प्रचण्डको दावी

सहयात्रा टिभी

काठमाडौं । असोज ७, नेकपा अध्यक्ष पुष्पकमल दाहाले केन्द्रका अध्यक्ष नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि धेरै मेहनत परेको दावी गरेका छन् ।

 

अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी गठन गर्न माधव नेपाल र झलनाथ खनालको मेहनत परेको बताए। बिहीबार काभ्रेमा आयोजित एक कार्यक्रममा उनले एकीकृत समाजवादीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने प्रचण्डले दावी गरे ।

बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न प्रचण्डले काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी भन्दा गठबन्धन मुख्य भएको बताए ।

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्