मन्त्री पद ग्रहण गरेको तीन दिनमै पदबाट राजीनामाः गजेन्द्र हमाल

काठमाडौं । असोज २४, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्।
उनी तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका थिए। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन्। हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि आफ्नै पार्टी र बाहिरबाट आलोचना हुँदै आएको छ।