महेश बस्नेतले मागे गृहमन्त्रीको राजीनामा
सहयात्रा टिभी
काठमाडौँ । असोज २५, नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । गृहमन्त्री खाँणको गृह जिल्ला रुपन्देहीमा ४ सर्बसाधारणको प्रहरीको गोलीबाट मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता बस्नेतले दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको आरोप लगाउदै सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।