केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी ओलीलाई धक्का

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ९, माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘

नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ । यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो ।

तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए ।
आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।

प्रकाशित : 26 October, 2021

प्रतिक्रिया दिनुहोस्