एमालेको महोत्तरी अधिवेशन सारियो

सहयात्रा टिभी

काठमाडौं । पुस १९, नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन फेरि सारिएको छ ।

 


२३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महोत्तरीमा भने तयारी नपुग्ने भन्दै  माघका लागि सारिएको हो ।

६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएको केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए ।

क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेको एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

 

 

प्रकाशित : 3 January, 2022

प्रतिक्रिया दिनुहोस्