प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए
सहयात्रा टिभी
काठमाडौं । पुस २२, निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् ।
तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।